Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

त्रिकोणात्मक सिरिज : नेपालले आज अमेरिकासँग खेल्दै

त्रिकोणात्मक सिरिज : नेपालले आज अमेरिकासँग खेल्दै

  • भाद्र २८, २०७८ सोमवार १०:१३ बजे
  • 445
    SHARES
  • त्रिकोणात्मक सिरिज : नेपालले आज अमेरिकासँग खेल्दै

    काठमाडौं– नेपाल, ओमन र अमेरिका एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिजअन्तर्गत आज नेपाल र अमेरिकाबीचको खेल हुँदैछ।  ओमनको अल इमिरेत मैदानमा सवा ४ बजेबाट सुरु हुने पहिलो खेलमा नेपालले अमेरिकाको समाना गर्न लागेको हो।

    images

    अमेरिकाले ओमनमा पछिल्लो समय निकै राम्रो खेल प्रदर्शन गरिसकेको छ। यसअघि नेपालले पपुवा न्युगिनी विरुद्धका दुवै खेल जितेको थियो। 

    ति खेलमा नेपालको ओपनिङ कुशल भुर्तेल र आशिफ शेखले सम्हालेका थिए। उनीहरुले नै सोमबारको खेल पनि ओपनिङ सम्हालने सम्भावना धेरै छ।नेपालमा भएको अभ्यासमा पनि उनीहरुले ओपनिङ सम्हालिरहेको देख्न पाइन्थ्यो। 

    यता नेपालमा वर्षाका कारण राम्रो अभ्यास हुन नसकेका कारण नेपाली टिम गएको भदौ ८ गते नै ओमन प्रस्थान गरेका थिए। त्यहाँ नेपाली टिमले १८ दिनको अभ्यास गरिसकेको छ।

    यता नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले यो सिरिज नखेल्ने भएका छन्। अब नेपालले ओमनमा अमेरिकासँग २ र ओमनसँग २ खेल खेल्नेछ। त्यसका लागि ओमन पुगेका उपकप्तान ऐरी भने एटीएफएलको गहिरो चोटका कारण उनी बाहिरिएका छन्।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology