Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

इजरायल जानेको भाषा परीक्षा आज [परीक्षा केन्द्रसहित]

इजरायल जानेको भाषा परीक्षा आज [परीक्षा केन्द्रसहित]

  • 895
    SHARES
  • इजरायल जानेको भाषा परीक्षा आज [परीक्षा केन्द्रसहित]

    काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज सोमबार भाषा परीक्षा हुँदै छ ।

    images

    दिउँसो १ बजेबाट एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुन पाउने छन् । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन लिइएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको हो ।

    परीक्षा काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन हुने वैदेशिक रोजगार विभागका प्रवक्ता तथा निर्देशक कमल ज्ञवालीले जानकारी दिए । परीक्षामा सहभागी हुनेलाई विभागले इमेलमा नै प्रवेश पत्र पठाइसकेको छ । यस्तै परीक्षा केन्द्र पनि इमेलबाटै जानकारी गराइसकेको निर्देशक ज्ञवालीले बताए ।

    care-exam.png

    परीक्षामा सहभागी हुन आफ्नो परिचय खुल्ने सक्कल कागजात र प्रवेशपत्र प्रिन्ट गरेर लैजानुपर्नेछ ।हरेक कोठामा बढीमा २५ जना र एउटा बेन्चमा एकजनालाई मात्रै राखिने तथा स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । 

    ८० पूर्णाङ्कको परीक्षामा अंग्रेजी भाषामा ग्रामर र स्वास्थ्यसम्बन्धी प्रश्न सोधिनेछ । ४० वटा टिकमार्क प्रश्नको हरेक २ अंकका हुनेछन् । लिखित परीक्षामा १६ सय ८० जना उत्तीर्ण हुनेछन् । परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक हुने निर्देशक ज्ञवालीले बताए ।

    प्रश्नपत्र चेकजाँच कम्प्युटर सिस्टमबाट गरिने भएकाले छिटो नतिजा सार्वजनिक हुने भएको हो । लिखित परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता र शारिरिक परीक्षण गर्ने विभागको तयारी छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology