Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गायिका विष्णु माझीको अवस्थाबारे मानवअधिकार आयोगको चासो

गायिका विष्णु माझीको अवस्थाबारे मानवअधिकार आयोगको चासो

  • 601
    SHARES
  • गायिका विष्णु माझीको अवस्थाबारे मानवअधिकार आयोगको चासो

    काठमाडौं । लोकगायिका विष्णु माझीको निजी जीवनबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो व्यक्त गरेको छ ।  आयोगका अधिकारीहरूले आइतबार माझीको माइती जिल्ला स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई टेलिफोन गरी उनको अवस्था बुझ्न मौखिक निर्देशन दिएको आयोग प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । 

    images

    आयोगको मौखिक निर्देशनपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एवम् एसपी होविन्द्र बोगटीले आइतबार गायिका माझीको माइतीघरमा स्थाानीय प्रहरी टोली पठाएका थिए । तर, घरमा कोही पनि नभेटिएको स्थानीय प्रहरीले रिपोर्टिङ गरेका छन् ।

    ‘हामीले अनौपचारिकरुपमा माइतीमा बुझ्न खोजेका थियौं । तर, घरमा कोही पनि रहेनछ । बुवाआमा बितिसक्नुभएको रहेछ । अरू कुराहरू थाहा हुन सकेन । उहाँका बुबाआमा बितिसक्नुभएको रैछ । त्यसैले धेरै कुरा थाहा हुन सकेन’ एसपी बोगटीले भने । उनको पछिल्लो गीत ‘चरी जेलैमा’ सुपरहिट भएसँगै उनको अवस्थाबारे सामाजिक सञ्जालमा विभिन्न चर्चा/परिचर्चा हुँदै आएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology