Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमसीसी खारेज गर्न मोर्चा बनाएर लड्न प्रकाण्डको निर्देशन

एमसीसी खारेज गर्न मोर्चा बनाएर लड्न प्रकाण्डको निर्देशन

  • 649
    SHARES
  • एमसीसी खारेज गर्न मोर्चा बनाएर लड्न प्रकाण्डको निर्देशन

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा विप्लव समूह) का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)ले नेपालमा संसदीय राजनीतिको मोडल सुहाउँदो नभएको दाबी गरेका छन् । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीका लागि विरोध प्रदर्शनसहित सोमबार काठमाडौंमा आयोजित सभामा बोल्दै प्रकाण्डले यस्तो बताएका हुन् ।

    ‘देशभक्त सबै जनसमुदायलाई म एमसीसी खारेज गर्न मोर्चा बनाएरै लड्न आग्रह गर्छु । नेपालमा संसदीय दलाल राजनीति व्यवस्था सुहाउँदैन । दलाल संसदीय व्यवस्था उखेल्नका लागि जनसमुदायले साथ दिने बेला आएको छ,’ प्रकाण्डले भने ।  संसदीय वयवस्थासहितको राजनीतिकै कारण नेपालमा महंगी, भ्रष्ट्राचार, दलाली, खुसखोरी मौलाएको उनले बताए । नेपालको राजनीति मोडललाई परिवर्तन गर्न एकीकृत जनक्रान्ति नै एकमात्र हतियार रहेको र यो हतियार चलाउन जनताले साथ दिनुपर्ने उनले बताए ।

    उक्त भेलामा पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव), सचिवालय सदस्य हेमन्तप्रकाश वली, धर्मेन्द्र वास्तोला, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी, लेनिनवादी) का महासचिव चन्द्रप्रकाश मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललगायतका नेताहरुको उपस्थिति छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij