वेबटिभी खबर
इस्लामाबाद । पाकिस्तानमा भिषण वर्षा भएको छ । वर्षाका कारण घर भत्किँदा पुरिएर १७ जनाको ज्यान गएको बताइएकाे छ । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको छ ।
गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरुले जनाएका छन् । वर्षापछि पहिरो गएको र त्यसमा केही घर पनि बगेका जनाइएको छ ।
उद्धारको काममा खटेका यहाँका अधिकारीहरुले यहाँ भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् भने वर्षाका कारण अहिलेसम्म महिला तथा बालबालिकासमेत गरी १७ जनाको ज्यान गएको पनि बताएका छन् ।
एकै ठाउँमा निकै ठूलो वर्षा निरन्तर भइरहेपछि बाढी र पहिरो आएको बताइएको छ । कतिपय बगेका घरमा परेर मानिसको ज्यान गएकाे अनुमान गरिएको छ भने, केही घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij