Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा १४ सय ८६ जना संक्रमित थपिए, १६ जनाकाे निधन

कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा १४ सय ८६ जना संक्रमित थपिए, १६ जनाकाे निधन

  • 483
    SHARES
  • कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा  १४ सय ८६ जना संक्रमित थपिए, १६ जनाकाे निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर जम्मा १६ हजार ५३९ नमुना परीक्षण गर्दा १४ सय ८६ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार १२ हजार ५३२  पीसीआर गर्दा ११ सय ४९ र ४ हजार ७ को एन्टीजेन परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    यस अवधिमा देशभर १२ सय ६० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १६ जनाको दुःखद निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । सक्रिय संक्रमितमध्ये २४ हजार ९५८ होम आइसोलेसनमा र १६ सय ७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संसथागत आइसोलेसनमा रहेकामध्ये ४७५ आइसियूमा र १३४ जना भेन्टिलेटरमा उपचारत छन् । त्यसैगरि आज देशभर ९१ हजार ८३० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

    हालसम्म नेपालमा ८ लाख ६५ हजार ३४३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । त्यसैगरि ७ लाख ४० हजार ७१७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा यस महामारीमा परि १० हजार ९६५ जनाको निधन भएको छ । 

    कोरोना भाइरुस संक्रमणलाई परास्त पार्ने एकमात्र कोरोनाविरुद्धको खोप हालसम्म नेपालमा ५८ लाख ३३ हजार ९३८ जनाले खोपको पहिलो डोज लगाएका छन् । त्यसैगरि ५१ लाख ९८ हजार १९३ जनाले भाइरसविरुद्ध पूर्ण खोप लगाएका छन् । नेपालमा कोरोना निको हुने दर ९५।२ प्रतिशत रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology