Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमसीसी लागू गराइयो भने ठेगान लगाउँछौंः विप्लव

एमसीसी लागू गराइयो भने ठेगान लगाउँछौंः विप्लव

  • 541
    SHARES
  • एमसीसी लागू गराइयो भने ठेगान लगाउँछौंः विप्लव

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी सम्झौता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन् ।

    महासचिव विप्लवले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनैपनि नेपाली नरहेको दाबीसमेत गरे । उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई आह्वानसमेत गरे ।

    एमसीसीको विरुद्धमा सोमबार काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै उनले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौता पारित गर्न कसले सक्छ ? भनि प्रश्न पनि गरे ।

    उनले भने, ‘हामी लड्छौँ । कुनै पनि हालतमा एमसीसीलाई लागू हुन दिँदैनौँ । जबरजस्ती लागू गराइयो भने लागू गराउनेलाई ठेगान लगाउँछौं । यो कुनै लुकाइछिपाइको कुरा छैन । आज पनि हामी भन्छौँ- एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ । नेपालको सार्वभौमिकताको विरुद्धमा छ । नेपालको स्वतन्त्रताको विरुद्धमा छ । नेपाली जनताको अधिकारको विरुद्धमा छ । कुनै पनि देशले हाम्रो देशमाथि जबरजस्ती सन्धि लाद्न पाउँदैन ।’

    महासचिव विप्लवले एमसीसी सम्झौताविरुद्ध आफूहरुले झिल्को बालेको उल्लेख गर्दै त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराए । उनले आफूहरुले बास्तविक अर्थमा नेपाली जनताको शासन सत्ता ल्याउन चाहेको दाबी गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij