Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

सुदूरपश्चिम सरकारलाई नेकपा एसको समर्थन

सुदूरपश्चिम सरकारलाई नेकपा एसको समर्थन

  • 59
    SHARES
  • सुदूरपश्चिम सरकारलाई नेकपा एसको समर्थन

    धनगढी । नवगठित नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेशसभा, संसदीय दलको बैठकले प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । नेकपा एमालेबाट अलग भई गठन भएको सो पार्टीको धनगढीमा आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

    नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारमा नवगठित उक्त दलसमेतको प्रतिनिधित्व रहेको छ । बैठकले संसदीय दलको विधान बनाउन समिति गठन गरेको प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीले जानकारी दिइन् । सो पार्टीको संसदीय दलको नेताका लागि तीन जना आकांक्षी देखिएका छन् ।

    भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सो पार्टीका केन्द्रीय सदस्य एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी र तारालामा तामाङ आकांक्षी रहेको बताइएको छ । नेकपा एमालेको कैलाली र कञ्चनपुरको तत्कालीन अध्यक्षमा क्रमशःसोडारी र तामाङ थिए ।

    कैलालीमा गठन भएको एमालेको समानान्तर समूहलाई केही दिन अघि नै नव गठित नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरित गरिएको थियो । सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित १४ प्रदेशसभा सदस्य नवगठित पार्टीमा लागेपछि प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ ।

    एमाले सभामुख बाहेक दश जना सदस्यमा सीमित भएको छ । यस्तै प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ सदस्य छन् । जनता सामाजवादी पार्टीको विभाजनसँगै प्रदेशसभामा रहेका सो पार्टीका दुई सदस्य पनि छुट्टाछुट्टै दलमा आवद्ध भएका थिए । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology