Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

भारतमा ७५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

भारतमा ७५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

  • 48
    SHARES
  • भारतमा ७५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

    नयाँ दिल्ली । भारतमा सोमबार साँझसम्म ७५ करोडलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

    कोरोनाको दोस्रो लहरबाट अत्यधिक प्रभावित भारतले खोप अभियनलाई तीव्र बनाएको हो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मांडवियाले सामाजिक संजालमा खोप अभियभान निरन्तर अघि बढेको उल्लेख गरेका छन् । 

    मांडवियाले खोप लगाउने नागरिकको संख्या ७५ करोड नाघेको जानकारी दिँदै ४२ प्रतिशत जनसंख्यालाई पहिलो डोज र १३ प्रतिशत जनसंख्यालाई पूर्ण खोप लगाइसकिएको बताएका छन् । 

    भारतमा लगाइएको खोपमध्ये पछिल्लो १३ दिनमा मात्र १० करोडलाई लगाइएको थियो । एकैदिन एक करोडभन्दा बढीलाई खोप लगाएर भारतले रेकर्ड पनि कायम गरेको छ । भारतीय संचारमाध्यमका अनुसार भारतमा तीव्र गतिमा चलाइएको खोप अभियानको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि प्रशंसा गरेको छ ।

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology