Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

एभर्टनको अपराजित यात्रा कायमै 

एभर्टनको अपराजित यात्रा कायमै 

  • भाद्र २९, २०७८ मंगलवार ०७:४८ बजे
  • 383
    SHARES
  • एभर्टनको अपराजित यात्रा कायमै 

    एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टनले अफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।  घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा एभर्टनले बर्नलीलाई ३–१ ले पराजित गरेको हो ।

    images


    गुडिसन पार्कमा एभर्टनको पूनरागमन जितमा माइकल किन, एन्ड्रोस टाउनसेन्ड र डेमाराई ग्रेले गोल गरे । बर्नलेका बिन मिको गोल सान्त्वना बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

    ५३औं मिनेटमा बिन मिले गोल गर्दै पाहुना टोलीलाई १० को अग्रता दिलाएका थिए । उनले जोहान वर्ग डुगमुडसनको पासमा गोल गरेका थिए ।
    एक गोलले पछि परेको एभर्टनले त्यसपछि ६ मिनेटको अन्तरमा तीन गोल गर्दै सानदार पूनरागमन जित निकाल्न सफल भएको हो । ६०औं मिनेटमा माइकल किनले एन्ड्रोस टाउनसेन्डको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।


    ६५औं मिनेटमा एन्ड्रोस टाउनसेन्डले एब्डुलाए डोउकोउरेको पासमा गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए । लगत्तै अर्को मिनेटमा एब्डुलाए डोउकोउरेको पासमा डेमाराई ग्रेले गोल गर्दै एभर्टनको जित पक्का गरे ।

    यो जितसँगै अपराजित रहेको एभर्टन ४ खेलबाट १० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलसँग समान १० अंक रहेपनि गोलअन्तरमा पछि छ । पराजित बर्नले १ अंकसहित १८औं स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # एभर्टन

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology