Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

बेलायती प्रधानमन्त्री जोन्सनकी आमाको निधन 

बेलायती प्रधानमन्त्री जोन्सनकी आमाको निधन 

  • भाद्र २९, २०७८ मंगलवार ०८:४५ बजे
  • 372
    SHARES
  • बेलायती प्रधानमन्त्री  जोन्सनकी  आमाको निधन 

    लन्डन– बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी आमाको निधन भएको छ। टेलिग्राफका अनुसार  सोमबार प्रधानमन्त्री जोन्सनकी  ७९ वर्षीया आमा शारलोट जोन्सन वाहलको लण्डनस्थित एक अस्पतालमा निधन भएको हो। 

    images

    प्रधानमन्त्री जोन्सनकी आमा व्यावसायिक चित्रकारसमेत हुन् । ४० वर्षको उमेरमा नै पार्किन्सनको समस्याबाट पीडित शार्लोटले आफ्नो चित्रकारीतालाई भने निरन्तर अगाडि बढाएकी थिइन् ।  

    उनका चार सन्तानहरु प्रधानमन्त्री बोरिस जोन्सन, पूर्व विश्वविद्यालय मन्त्री जो, पत्रकार र्याचेल र पर्यावरण अभियानकर्ता  लियो हुन् ।

    सन् १९४२ मा जन्मिएकी  श्रीमती शार्लोट जोन्सन वाहका बुबा सन् १९७० मा युरोपेली आयोगका अध्यक्ष थिए । एजेन्सी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology