Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

आज नेपाल र ओमान भिड्दै, कसले मार्ला बाजी? 

आज नेपाल र ओमान भिड्दै, कसले मार्ला बाजी? 

  • भाद्र २९, २०७८ मंगलवार ०८:४९ बजे
  • 414
    SHARES
  • आज नेपाल र ओमान भिड्दै, कसले मार्ला बाजी? 

    काठमाडौं– आज नेपाल र घरेलु टिम ओमानबीच आइसिसी विश्वकप लिग–२ अन्तर्गतको खेल हुँदैछ।  अल अमिरत क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँस सवा चार बजे सुरू हुनेछ।

    images

    लिग–२ मा नेपालले ओमानसँग दुई खेल खेलिसकेको छ। सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित गरेको थियो। 

    हिजोदेखि ओमानमा सुरु भएको नेपाल, अमेरिका र ओमाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरूवात गरिसकेको छ। 

    पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्‍यो।  सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ। 

    सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो।


    नेपालले हालसम्म अमेरिकासँग तीन खेल र ओमानसँग दुई खेल खेलिसकेको छ। नेपाल छ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल र ओमान

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology