Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

नाइजेरियाको जेलमा बन्दुकधारीले आक्रमण गर्दा २४० कैदी भागे

नाइजेरियाको जेलमा बन्दुकधारीले आक्रमण गर्दा २४० कैदी भागे

  • 812
    SHARES
  • नाइजेरियाको जेलमा बन्दुकधारीले आक्रमण गर्दा २४० कैदी भागे

    अबुजा । नाइजेरियाको केन्द्रीय कोगी राज्यको एक जेलमा सशस्त्र बन्दुकधारीले शनिबार राति आक्रमण गरी कैदीहरूलाई मुक्त गरेका छन् । उक्त जेलका एक अधिकारीका अनुसार ती बन्दुकधारीहरू को थिए भन्ने स्पष्ट छैन । मध्य र उत्तरपश्चिम नाइजेरिया वर्षौंदेखि आपराधिक गिरोहले आतंकित बनेको छ ।

    images

    नाइजेरियाको सुधार सेवा प्रवक्ता फ्रान्सिस एनोबोरले एक विज्ञप्तिमा जारी गर्दै उल्लेख गरेका छन्, ‘कोगी राज्यको कब्बामा रहेको मध्यम सुरक्षा कस्टोडियल सेन्टरमा अहिलेसम्म बन्दुकधारी आक्रमणकारीहरूले आक्रमण गरी २ सय ४० कैदीहरूलाई रिहा गरेका छन् ।’

    आइतबारको हमलामा सशस्त्र बन्दुकधारीहरू संलग्न थिए । बन्दुकधारीहरूले जेलमा आक्रमण गर्दा त्यहाँ २९४ कैदी हिरासतमा थिए, जसमा २२४ पुर्पक्षका लागि प्रारम्भिक सुनुवाइमा थिए । आक्रमणकारीहरूको खोजी तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ । नाइजेरियामा यस किसिमका जेल आक्रमण र बन्दी रिहाइका घटना भने असामान्य होइनन् ।

    अप्रिल ५ मा यस्तै एक हमलामा बन्दुकधारीहरूले ओवेरी प्रहरी मुख्यालयमा आक्रमण गरी र १८०० भन्दा धेरै कैदीहरू मुक्त गरेका थिए । द्वन्द्वग्रस्त नाइजेरियाका सुरक्षा बलले उत्तरपूर्व मा १२ वर्ष पुरानो जिहादी विद्रोह र दक्षिण पूर्वमा पृथक्तावादी आन्दोलनको सामना गरिरहेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology