Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

जनमत पार्टीको विस्तारित बैठक सुरु

जनमत पार्टीको विस्तारित बैठक सुरु

  • 859
    SHARES
  • जनमत पार्टीको विस्तारित बैठक सुरु

    काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय कमिटीको विस्तारित बैठक मंगलबारदेखि सुरु भएको छ । जनकपुरस्थित पार्टी कार्यालयमा बस्न लागेको बैठकमा संगठन विस्तार, आगामी चुनाव, पार्टीको अगामी कार्यदिशा, समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी चुनावको मिति घोषणा गरेपछि यो पार्टी चुनावी तयारीमा जुटेको थियो । ‘प्रदेश, जिल्ला तथा स्थानीय तहलगायतमा चुनावसम्बन्धी विभिन्न गतिविधिहरू सुरु गरिएको थियो । सोही क्रमको निरन्तरताका लागि पार्टीले केन्द्रीय कमिटीको बैठक राखिएको हो,’ उनले भने ।

    बैठकमा सहभागीका लागि केन्द्रीय सदस्यलगायत पार्टी मातहतका संगठनका प्रतिनिधिहरू आउने क्रम जारी रहेको छ, केन्द्रीय कमिटीको विस्तारित बैठक अपराह्न बस्दैछ । त्यसअघि पार्टीको कार्यकारिणी कमिटीको बैठक बसिरहेको उनले बताए । विस्तारित बैठकमा हुने छलफलको एजेन्डाको बारेमा कार्यकारिणी कमिटीको बैठकमा छलफल भइरहेको छ । 

    ‘पार्टी कार्यकारिणी कमिटीको बैठक तीन दिनदेखि चलिरहेको छ, आज सो बैठक सकेपछि केन्द्रीय कमिटीको विस्तारित बैठक बस्नेछ,’ उनले भने, ‘विस्तारित बैठक बुधबारसम्म चल्छ ।’

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij