Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

  • 934
    SHARES
  • मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

    काठमाडौं । रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । औद्योगिक करिडोरको जग्गामा रातको समयमा अतिक्रमण गर्ने र बस्ती बसाल्ने क्रम नरोकिएपछि स्थानीय प्रशासनले त्यस क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको हो ।

    images

    करिडोर क्षेत्रमा सुकुम्बासीहरुलाई भेला गरी सुकुम्बासी बस्ती बसाउन प्रयास गरेकाले उक्त क्षेत्रमा २८ भदौदेखि अर्को सूचना जारी नहुँदासम्म लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर १७ शिवनगरदेखि वडा नम्बर १८ सौरहिया पुलसम्म निषेधाज्ञा क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । निषेधित क्षेत्रभित्र निषेध गरिएका कृयाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology