Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एमाले सांसदको अवरोधकै बीच विनियोजन विधेयक बहुमतबाट पारित

एमाले सांसदको अवरोधकै बीच विनियोजन विधेयक बहुमतबाट पारित

  • 694
    SHARES
  • एमाले सांसदको अवरोधकै बीच विनियोजन विधेयक बहुमतबाट पारित

    काठमाडौं । एमालेका सांसदको अवरोध र नारावाजीकै बीच मंगलबार प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ ।  सदन सृुरु भएसँगै एमाले सांसदले नारावाजी गर्दै सदन अवरुद्ध गर्ने प्रयास गरेका थिए । नारावाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले निर्धारित कार्यसूचिअनुसार सदन संचालन गरेका हुन् । 

    मर्यादापालकको कडा सुरक्षामा सभा संचालन गरिएको थियो । अर्थमन्त्री जनार्दन शर्माले सदनमा उठेका प्रश्नको जवाफका लागि समय पाए । लगत्तै प्रस्तावलाई मतदानमा लगियो । हुन्छ भन्ने पक्षमा बहुमतबाट पारित भएको सभामुखले घोषणा गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij