Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

अफगानिस्तानलाई १ अर्ब डलर सहयोग गर्ने दाताहरुको प्रतिबद्धता

अफगानिस्तानलाई १ अर्ब डलर सहयोग गर्ने दाताहरुको प्रतिबद्धता

  • 50
    SHARES
  • अफगानिस्तानलाई १ अर्ब डलर सहयोग गर्ने दाताहरुको प्रतिबद्धता

    काबुल । अफगानिस्तानमा गरिबी र भोकमरीका कारण मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएसँगै दाताहरुले १ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

    संयुक्त राष्ट्रसंघले सोमबार अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको भन्दै त्यहाँ तत्काल आधारभूत आवश्यकताका लागि सहयोग उपलब्ध गराउनु पर्ने बताएको थियो ।

    राष्ट्र संघले त्यसका लागि विश्व समुदाय गम्भीर हुनुपर्ने पनि बताएको थियो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग  सहयोगको आह्वान गरेका थिए । 

    गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबानीहरुले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ ।अफगानिस्तानका नागरिकहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

    महासचिव गुटर्रेसले सो सम्मेलनमा करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताए । उनले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानका दशौं लाख मानिसलाई राहत पुग्ने पनि बताएका थिए ।

    अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै संयुक्त राष्ट्रसंघले तालिबानलाई सहयताकर्मीहरुलाई यहाँका विभिन्न स्थानमा उनीहरुले सहयोग गर्न पुगे भने उनीहरुलाई नरोक्न पनि आह्वान गरेको छ । तालिबान लडाकूहरूले अफगानिस्तानमा नियन्त्रणमा लिनुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस विस्थापित भएका थिए ।

    हाल पनि अफगानिस्तानका लाखौं नागरिक आन्तरिक रूपमा विस्थापित भएर देशभित्रै शरणार्थीको जस्तो अवस्थामा बाँच्न बाध्य भएको बताइएको छ । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology