Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै एमबिबिएस उतिर्ण विद्यार्थी आन्दोलित

नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै एमबिबिएस उतिर्ण विद्यार्थी आन्दोलित

  • 647
    SHARES
  • नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै एमबिबिएस उतिर्ण विद्यार्थी आन्दोलित

    काठमाडौं । चीनबाट एमबिबिएस उतिर्ण गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।  नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा आफुहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् । 

    images

    आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले केहि दिनमा इन्टर्नसीप सुरु हुने आश्वासन पटक पटक पाएपनि इन्टर्नसीप गर्न नपाएको उनीहरुको भनाई छ । मापदण्ड पुरा गरेका १५५ बिद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न नपाउदा भविष्य नै अन्यौलमा परेको प्रदर्शनमा उत्रेका बिद्यार्थीहरुले जनाएका छन् ।

    मेडिकल काउन्सिलको इन्टर्नसीप नियमको बुँदा नम्बर ३ मा विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने र यसप्रकारको इन्टर्नसीप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था स्पष्ट नहुँदा आफुहरुलाई इन्टर्नसीप गर्न रोकिएको विद्यार्थीको गुनासो छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology