Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

पन्जशिरमा तालिबानले २० जना सर्वसाधारणको हत्या गर्याे

पन्जशिरमा तालिबानले २० जना सर्वसाधारणको हत्या गर्याे

  • 40
    SHARES
  • पन्जशिरमा तालिबानले २० जना सर्वसाधारणको हत्या गर्याे

    काबुल । अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिबानको रेजिस्टेन्स फोर्ससँग युद्ध भइरहेको छ । तालिबानले भने उक्त उपत्यकामा आफू विजयी भएको घोषणा गरिसकेको छ । अर्को तर्फ रेजिस्टेन्स बलले पन्जशिरको ६० प्रतिशत क्षेत्र आफ्नो कब्जामा रहेको दाबी गरिरहेको छ । यही समयमा बिबिसीले सो उपत्यकामा तालिबानले सर्वसाधारणको हत्या गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।

    बिबिसीका अनुसार अहिलेसम्म २० जनाभन्दा बढी सर्वसाधारणको तालिबानले हत्या गरेको छ । दुई दिन अघि पन्जशीरमा एक युवकलाई उनको घरबाट बाहिर निकालेर सडकमा गोली हानिरहेको देखिएको भिडियो सार्वजनिक भएको थियो ।

    एक अफगान समाचार पोर्टलका अनुसार तालिबानले ती युवक पन्जशिरको उत्तरी गठबन्धन सेनाको सदस्य रहेको बताएको थियो । मृतकका अर्का साथीले तालिबानलाई आफ्नो परिचय पत्र देखाए पनि उनीहरु सहमत भएनन र उनको हत्या गरे । 

    बिबिसीको रिपोर्टअनुसार तालिबानले हत्या गरेकामध्ये एक जना किराना पसल सञ्चालक अब्दुल समी पनि रहेका छन् । उनले रेजिस्टेन्स फोर्सका लडाकूलाई सिम बेचेको आरोपमा तालिबानले नियन्त्रणमा लिएर हत्या गरेको थियो । हत्यापछि तालिबानले शव उनकै घरनजिकै गाडेको थियो । 

    तालिबान अफगानिस्तानको सत्तामा आए पनि पन्जशिर उपत्यका नियन्त्रणबाहिर थियो । अहिले पन्जशिरमा सञ्चार सुविधा बन्द गरिएको छ । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology