Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

तालिबानविरुद्ध सोसल मिडियामा अफगानी महिलाहरुको अभियान 

तालिबानविरुद्ध सोसल मिडियामा अफगानी महिलाहरुको अभियान 

  • 58
    SHARES
  • तालिबानविरुद्ध सोसल मिडियामा अफगानी महिलाहरुको अभियान 

    काबुल । अफगानिस्तानमा तालिबानले महिला विद्यार्थीका लागि तोकेको नयाँ पोशाकविरुद्ध अफगानी महिलाहरुले अनलाईन क्याम्पेन सुरु गरेका छन् । उनीहरुले यसमा ह्यासट्याग डु नट टच माई क्लथ र अफगानिस्तान कल्चर सुरु गरेका छन् । 

    उनीहरुले सामाजिक सञ्जालमा रंगीन र पारम्पारिक पहिरनमा आफ्ना तस्बिर सेयर गरिरहेका छन् । पछिल्ला २० वर्षदेखि अफगानी महिलाले आफ्ना दैनिक जीवनमा यस्तै रंगीन पहिरन लगाइरहेका थिए । 

    तालिबानले महिलाहरुलाई सरिया कानुन र स्थानीय परम्पराअनुसार पढ्न र काम गर्ने अनुमति दिइने बताएको छ । यसका साथै महिलालाई ड्रेस कोडको नियम पनि अनिवार्य गरेको छ । यही बीचमा गत साता एक विश्वविद्यालयमा महिलाहरुले कालो पोशाक लगाएर तालिबानको समर्थनमा र्‍याली गरेका थिए । यस र्‍यालीमा सहभागी एक महिलाले आधुनिक कपडा लगाउने र मेकअप गर्ने महिलाले अफगानी महिला र देशको प्रतिनिधित्व नगर्ने बताएकी थिइन् । यसपछि विश्वभर रहेका अफगान महिलाहरुले तालिबानलाई जवाफ दिन सोसल मिडियाको सहारा लिएका हुन् । 

    अमेरिकी विश्वविद्यालयमा इतिहास विषयकी प्राध्यापक डाक्टर बहार जलालीले सुरु गरेको यस अभियानमा अन्य अफगानी महिलाले पनि साथ दिएका छन् । अफगानिस्तानको पहिचान र सम्प्रभूतामा तालिबानले आक्रमण गरेकाले यसलाई जोगाउन आफूले अभियान सुरु गरेको उनले बताइन् ।

    हरियो रंगको अफगानी पहिरनमा आफ्नो तस्बिर सेयर गर्दै उनले अन्य महिलालाई पनि अफगानिस्तानको वास्तविकता देखाउन अपिल गरेकी छन् । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology