काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ४४३ नमुना परीक्षण गर्दा १५ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार १० हजार २६६ पीसीआर गर्दा ११ सय ८० र ४ हजार १७७ एन्टीजेन परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा देशभर १५ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या २६ हजार २०२ छ । जसमध्ये २४ हजार ६९० होम आइसोलेसनमा र १५ सय १२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये ४५३ जनाको आइसियूमा र १३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
विगत २४ घण्टामा ८८ हजार १८४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology