Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

अध्यादेश निष्क्रिय नभई मन्त्रिपरिषद् विस्तार हुँदैन: उपेन्द्र यादव 

अध्यादेश निष्क्रिय नभई मन्त्रिपरिषद् विस्तार हुँदैन: उपेन्द्र यादव 

  • 130
    SHARES
  • अध्यादेश निष्क्रिय नभई मन्त्रिपरिषद् विस्तार हुँदैन: उपेन्द्र यादव 

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने दाबी गरेका छन् ।

    अध्यक्ष यादवले संसद् वा केन्द्रीय कमिटी सदस्यको २० प्रतिशतले पार्टी फुटाउन पाउने अध्यादेशले अस्थिरता ल्याउने भन्दै पहिले यसलाई निष्क्रिय बनाएपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने स्पष्ट पारे ।

    ‘तत्काल केही गर्नु परेका कारण अध्यादेश ल्याइएको हो । त्यसलाई निष्क्रिय नगर्दा दलहरू टुक्रिरहने र लोकतन्त्र नै खतरामा पर्ने भएकाले यसलाई खारेज गरेपछिमात्र मन्त्रिपरिषद विस्तार हुन्छ,’ मंगलबार सिन्धुलीमा पत्रकारहरूसँग कुरा गर्दै यादवले भने ।

    सरकारले अध्यादेश संसदमा पेस गरिसकेको छ । सोही अध्यादेशका आधारमा एमाले र जसपा विभाजित भएका छन् । अब जसपा विभाजनका लागि अहिलेको अध्यादेश कायमै रहँदा ४ जना सांसद् छुट्टिएर नयाँ दल बन्न सक्छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology