Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

सुदूरपश्चिम: एकीकृत समाजवादीको दल नेतामा सोडारी

सुदूरपश्चिम: एकीकृत समाजवादीको दल नेतामा सोडारी

  • 660
    SHARES
  • सुदूरपश्चिम: एकीकृत समाजवादीको दल नेतामा सोडारी

    सुदूरपश्चिम । नवगठित नेकपा एकीकृत समाजवादी पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सोडारीलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको प्रदेशसभा सदस्य तारालामा तामाङले जानकारी दिए । उनले, ‘आजको संसदीय दलको बैठकले दलको विधान पारित गरेको छ, दलको नेतामा दीर्घबहादुर सोडारीलाई सर्वसम्मतरूपमा चयन गरिएको छ ।’

    images

    दलको नेताका लागि सोडारी, तामाङ, पार्टीका केन्द्रीय सदस्य एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र केन्द्रीय सदस्य माया भट्ट आकांक्षी थिइन् । एमालेबाट निर्वाचित १४ जना प्रदेशसभा सदस्यले नवगठित पार्टीको पक्षमा सनाखत गराएपछि एकीकृत समाजवादी प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ ।

    यसअघि सोमबार बसेको सो पार्टीको सुदूरपश्चिम प्रदेशसभा, संसदीय दलको बैठकले प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारमा नवगठित उक्त दलको समेत प्रतिनिधित्व छ । प्रदेशसभामा नेकपा एमाले सभामुखबाहेक दश, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ सदस्य छन् । जनता सामाजवादी पार्टी र नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना सदस्य छन् ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology