Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पत्रकार चौहानको निधन

पत्रकार चौहानको निधन

  • 674
    SHARES
  • पत्रकार चौहानको निधन

    काठमाडौं । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ ।

    निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा निधन भएको हो ।

    तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पत्रकार महासंघले जनाएको छ ।

    महासंघ पूर्वकार्य समिति सदस्यसमेत रहेका उनी दुई दशकदेखि लुम्बिनीमा रहेर पत्रकारिता गर्दै आएका थिए । उनका श्रीमती, चार छोरा र तीन छोरी छन् । चौहानको निधनप्रति महासंघ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुःख व्यक्त गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij