वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले गुल्मीले बुधबार जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । सो भेलालाई एमाले स्थायी कमिटी सदस्यहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्टले सम्बोधन गर्ने भएका छन् ।
गृह जिल्लास्थित सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई भेलालाई पूर्वमन्त्रीसमेत रहेका ज्ञवाली र विष्टले दिउँसो २ बजे सम्बोधन गर्ने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष मधुकृष्ण पन्तका अनुसार दुवै नेताहरू सदरमुकाम तम्घास आइपुगेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij