Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब मागफारम पेश गर्न सरकारको आग्रह [सूचनासहित]

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब मागफारम पेश गर्न सरकारको आग्रह [सूचनासहित]

  • 3.6K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब मागफारम पेश गर्न सरकारको आग्रह [सूचनासहित]

    काठमाडौं । इलामको रोङ गाउँपालिका (स्थानीय सरकार) ले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी), विद्यालय कर्मचारी (लेखापाल) र विद्यालय सहयोगी (परिचर) लाई तलबी मागफारम पेश गर्न आग्रह गरेको छ । गाउँपालिकाको कार्यालय शिक्षा तथा युवा शाखाले गत भदौ २१ गते सूचना जारी गर्दै गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई यस्तो आग्रह गरेको हो । 

    गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा आर्थिक वर्ष २०७८/०७९ को प्रथम तलबी मागफारम (चाडपर्व खर्च समेत) भरी आवश्यक कागजात संलग्न गरी तोकिएको ढाँचामा शिक्षकहरूको नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटद्वारा स्वीकृत गरेको तलबमानको आधारमा र बाल शिक्षक तथा कर्मचारीको हकमा तपशील बमोजिम प्रमाणित गरी २०७८/०५/३१ (भोलि) भित्र अनिवार्यरूपमा रोङ गाउँपालिका, गाउँपालिकाको कार्यालय शिक्षा, युवा तथा शाखामा पेश गर्नुहुन जानकारी गराइन्छ ।’ 

    संघीय सरकारले इसीडी शिक्षक र परिचरलाई दिएको आठ हजारमा गाउँपालिकाले सात हजार रूपैयाँ थप गरेर १५ हजार पुर्‍याएको हो । संघीय सरकारले लेखापाललाई दिएको ११ हजार पाँच सयमा गाउँपालिकाले सात हजार थप गरेर १८ हजार पाँच सय पुर्‍याएको छ । सांकेतिक तस्बिर । 

    विद्यालय कर्मचारीको तलब १६ हजार पाँच सय पुर्‍याइयो, इसीडी शिक्षकको पनि बढ्यो [सूचनासहित]  विद्यालय कर्मचारीको तलब १६ हजार पाँच सय पुर्‍याइयो, इसीडी शिक्षकको पनि बढ्यो [सूचनासहित] 

    infoed.jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology