वेबटिभी खबर
काभ्रे । काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोशी गाउँपालिका-५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ । विद्यालयबाट घर फर्किने क्रममा मंगलबार रोशी गाउँपालिका-९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले बगाएर उनी बेपत्ता भएको थियो ।
खोजतलासका क्रममा मंगलबार बेलुका सोही गाउँपालिकाको वडा नं ११ कालढुंगास्थित रोशी खोलाको किनारामा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
तामाङ स्थानीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij