Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

पाकिस्तानमा विद्यालयका किताबमा लैंगिक विभेद 

पाकिस्तानमा विद्यालयका किताबमा लैंगिक विभेद 

  • 563
    SHARES
  • पाकिस्तानमा विद्यालयका किताबमा लैंगिक विभेद 

    इस्लामाबाद । पाकिस्तानमा शिक्षा प्रणालीमा कुनै पनि किसिमको असमानता नहोस भनेर गत महिना देशभर एक राष्ट्रिय पाठ्यक्रम लागू गरिएको थियो । यस पाठ्यक्रमलाई पाकिस्तानको सत्तारुढ पार्टी तहरिक ए इन्साफले शिक्षा क्षेत्रको ‘कोषेढुंगा’ भनेको थियो । तर किताब बजारमा आए पछि यसले लैंगिक विभेदलाई बढावा दिएको भन्दै व्यापक आलोचना भइरहेको छ । 

    images

    नयाँ पाठ्यक्रमअन्तर्गत सार्वजनिक गरिएका सबै कक्षाका किताबमा महिलाहरुले केवल घरको काम गरिरहेका तस्बिर राखिएको छ । पाँच कक्षाको अंग्रेजी किताबको बाहिरी पृष्ठमा बाबुछोरा सोफामा र आमा छोरी भुईँमा बसेर पढिरहेको चित्र छापिएको छ । यसमा आमा छोरी दुवैको टाउको हिजाबले ढाकिएको छ । 

    नयाँ पाठ्यक्रमका पुस्तकलाई लिएर महिलाहरु बढी आक्रोशित भएका छन् । इदारा ए तालिम ओ आगाही केन्द्रकी सिइओ रजा जमिलले पाकिस्तानमा युवती र महिलाहरुले अन्तर्राष्ट्रिय खेल खेलेको, साहित्य शिक्षामा पुर्याएको योगदान किताबमा समावेश नगरिएको भन्दै आक्रोश पोखेकी छन् । 

    पाकिस्तानको उच्च शिक्षा आयोगका पूर्वअध्यक्ष तारिक बनुरीले पाठ्यक्रममा महिला, अल्पसंख्यक र सांस्कृतिक विविधतालाई सम्मान नगर्दा समाज दुई भागमा विभाजित हुने बताएकी छन् । 

    pakistan.jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology