Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गहिरो निन्द्राका लागि सुत्नुअघि गरौं खुट्टाको मसाज 

गहिरो निन्द्राका लागि सुत्नुअघि गरौं खुट्टाको मसाज 

  • 867
    SHARES
  • गहिरो निन्द्राका लागि सुत्नुअघि गरौं खुट्टाको मसाज 

    मानिसहरु प्रायः अनुहार, शरीर, कपालको पूर्ण रुपमा ध्यान राख्छन् । तर धेरैजसोले दिनभर आफूलाई बोकेर चाहेअनुसारका ठाउँमा पुर्याउने खुट्टातिर भने खासै ध्यान दिंदैनन् ।

    images

    दिनभर खुट्टाको ध्यान राख्न पर्याप्त समय मिल्दैन । तर राति घर पुगेर विश्राम गर्दा भने दिनभर आफूले भनेअनुसारका ठाउँमा लैजाने खुट्टाको ध्यान दिन जरुरी छ । त्यसैले राति सुत्नुअघि केही बेर खुट्टामा तेल मालिस गर्दा निकै फाइदा हुन्छ । जम्मा ५ मिनेट गरिने तेल मालिसले स्वास्थ्यका लागि फाइदाजनक छ । 

    खुट्टामा मालिस गर्न नरिवल, तोरी, तिल, बदामको तेल प्रयोग गर्न सकिन्छ ।

    तेल मालिसका फाइदा 

    रक्तसञ्चार सहज 
    दिनभर कुर्सीमा बसेर काम गर्नेको खुट्टामा रक्तसञ्चार प्रक्रियामा समस्या उत्पन्न हुन्छ । 

    सुत्नअघि केहीबेर खुट्टामा तेलले मसाज गर्दा रक्तसञ्चार प्रक्रियामा सुधार ल्याउँछ । 

    निन्द्रा
    सुत्नुभन्दा अगाडि खुट्टामा तेलले मसाज गर्दा तनाव हटेर आराम मिल्छ । नसालाई पनि आराम दिन्छ । जसकारण आनन्दले सुत्न सकिन्छ । 

    दुखाई कम गर्छ 
    दैनिक खुट्टामा तेलको मसाज गर्दा सुन्निएको पनि निको हुन्छ । खुट्टामा भएको जस्तोसुकै प्रकारको दुखाई वा तनावलाई आराम दिन्छ । पैतला मसाजले तनाव पनि घटाउँछ । यसले गर्दा गहिरो निन्द्रा पनि पर्छ ।

    त्यसबाहेक खुट्टा सुन्निने, अनिन्द्रा र एैंठन हुने अवस्थामा पनि तेल मजासले निकै फाइदा गर्छ । 

    कसरी लगाउने ?
    सुत्नुभन्दा अगाडि खुट्टालाई राम्रोसँग सफा गर्नुपर्छ । त्यसपछि तेललाई विस्तारै खुट्टटामा लगाउनु पर्छ । कम्तिमा ५ देखि १० मिनेटसम्म मसाज गर्नुपर्छ । यसले पूरै शरीरलाई नै आराम प्रदान गर्छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology