Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गणतन्त्रको चिरहरण भइरहेको छ, पुर्नविचारमा ढिला नगरौंः कमल थापा 

गणतन्त्रको चिरहरण भइरहेको छ, पुर्नविचारमा ढिला नगरौंः कमल थापा 

  • भाद्र ३१, २०७८ बिहिवार ०९:०५ बजे
  • 876
    SHARES
  • गणतन्त्रको चिरहरण भइरहेको छ, पुर्नविचारमा ढिला नगरौंः कमल थापा 

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  देश बजेट विहिन भएको प्रति आपत्ति जनाएका छन्। उनले इतिहासमै पहिलो पटक देश बजेट विहिनको अवस्थामा पुग्नु अपवित्र गठबन्धनको सरकार र व्यवस्थाको असफलताको पुष्टि भएको उनको भनाइ छ। दलहरुले पटक–पटक गणतन्त्रको चिरहण गरेकाले पुर्नविचार गर्न ढिला नगर्न उनले आग्रह समेत गरेका छन्। 

    ‘समयमा बजेट पारित नभएकाले नेपालको इतिहासमा पहिलोपटक देश बजेटविहिन (गभर्मेन्ट सटडाउन)को अवस्थामा पुग्नुले वर्तमान अपवित्रुगठबन्धन सरकार र व्यवस्थाको असफलतालाई पुनःपुष्टि गरेको छ,’ उनले सामाजिक संजालमा भनेका छन्, ‘परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघिय गणतन्त्रको चिरहरण गरेका छन्। पुनर्विचार गर्न ढिलो नगरौँ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij