Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

एसी मिलान माथि लिभरपुलको रोमाञ्चक जित

एसी मिलान माथि लिभरपुलको रोमाञ्चक जित

  • भाद्र ३१, २०७८ बिहिवार ०८:३३ बजे
  • 359
    SHARES
  • एसी मिलान माथि लिभरपुलको रोमाञ्चक जित

    एजेन्सी – इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इटालियन क्लब एसी मिलानमाथि रोमाञ्चक जित निकालेको छ ।

    images

    सुरुवाती अग्रता लिनका बावजुत खेलमा पछि परेको लिभरपुलले घरेलु मैदानमा एसी मिलानलाई ३–२ ले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र जोर्डन हेन्डरसनले गोल गर्दा एक गोल उपहार पाएको थियो । मिलानका एन्टी रेविच र ब्राहिम डियाजले गोल गरे ।

    एनफिल्डमा बुधबार राति भएको खेलको नवौं मिनेटमा नै फिकायो तोमोरीको आत्मघाती गोलबाट लिभरपुलले अग्रता लिएको थियो । 

    १४औं मिनेटमा लिभरपुलले पेनाल्टी प्राप्त गरेपनि मोहम्मद सलाहको पेनाल्टीलाई मिक मेइगनानले बचाए।  पहिलो हाफको अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि मिलानले पहिलो हाफमा अग्रता लिन सफल भएको थियो ।

    ४२औं मिनेटमा एन्टी रेविचले राफायल लियोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै मिलानलाई पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

    दोस्रो हाफको शुरुमै मोहम्मद सलाहले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।६९औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई पुनः ३–२ को अग्रता दिलाए । उनले आर्नोल्डको कर्नरमा हेन्डरसनले गरेको हाफ भली प्रहारलाई गोलमा परिणत गरेका थिए ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology