Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भारतमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी

भारतमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी

  • 415
    SHARES
  • भारतमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमणको घटबढ भइरहेको छ । पछिल्ला केही दिनमा घटदो क्रममा देखिएको संक्रमण पुनः बढेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३० हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १७ हजारभन्दा बढी केरला राज्यका संक्रमित छन् । 

    images

    भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ३८ हजार ३०३ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३ लाख ४२ हजार ९२३ रहेको छ । हालसम्म यहाँ कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ३ करोड २५ लाख ६० हजार ४७४ पुगेको छ । 

    भारतमा सबैभन्दा बढी संक्रमित केरला राज्यमा छन् । पछिल्लो २४ घण्टामा केरलामा १७ हजार ६८१ व्यक्तिमा संक्रमण पुष्टि भएको हो । त्यसैगरि एकदिनमा २०८ जनाको संक्रमणको कारण निधन भएको छ । यहाँ हालसम्म ४४ लाख २४ हजार ४६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि महामारीको कारणले निधन हुनेको संख्या २२ हजार ९८७ पुगेको छ । 

    भारतमा कोरोना भाइरस संक्रमण महामारी सुरु भएदेखि हालसम्म ३ करोड ३३ लाख ४७ हजार ३२५ मानिसमा संक्रमण पुष्टि भएको छ । त्यसैगरि ३ करोड २५ लाख ६० हजार ४७४ संक्रमणमुक्त भएका छन । महामारीको चपेटामा परी ४ लाख ४३ हजार ९२८ जनाको दुःखद निधन भएको छ । यहाँ हालसम्म ७६ करोड ५७ लाखभन्दा बढी कोरोनाविरुद्ध खोपको डोज दिइएको छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology