Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बहुपति प्रथामा आधारित ‘टुल्की’ को टिजर रिलिज

बहुपति प्रथामा आधारित ‘टुल्की’ को टिजर रिलिज

  • 714
    SHARES
  • बहुपति प्रथामा आधारित ‘टुल्की’ को टिजर रिलिज

    काठमाडौं । देशका उत्तरी भेगमा अझै पनि प्रचलनमा रहेको बहुपति प्रथामाथि आधारित भएर निर्माण गरिएको फिल्म ‘टुल्की’ को टिजर रिलिज भएको छ । चार वर्षको अध्ययनपछि डोल्पामा छायांकन गरिएको फिल्मको पोस्टर र टिजर बुधबार सार्वजनिक गरिएको हो । 

    images

    डोल्पाको तल्लो भागकी ब्राह्मण युवतीले माथिल्लो डोल्पाको शेर्पासँग प्रेम विवाह गरेपछि उनले भोग्नु परेको पीडालाई फिल्ममा देखाउन खोजिएको छ । देवजंग थापाको निर्देशन रहेको फिल्ममा स्वस्तिमा कार्कीले मुख्य भूमिकामार्फत नायिकाको रुपमा डेब्यू गर्ने भएकी छन् । कार्कीसहित शिशिर वाङ्देल, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको पनि फिल्ममा अभिनय रहनेछ । 
     
    लक्ष्मण सुनुवारको कथा, संजिव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्मको निर्मातामा आर पि कर्माचार्य र शेखर लामा निर्माताको रुपमा छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology