Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बोलेरो जिप दुर्घटनामा तीनको मृत्यु, एक घाइते

बोलेरो जिप दुर्घटनामा तीनको मृत्यु, एक घाइते

  • 982
    SHARES
  • बोलेरो जिप दुर्घटनामा तीनको मृत्यु, एक घाइते

    ओखलढुंगा । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

    images

    आज बिहान काठमाडौंबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर ३-०१-०२३ च ३५१३ सामान बोक्ने बोलेर दुर्घटना हुँदा चालक लाक्पा शेर्पासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    मन्थली नगरपालिका-१ कुनौरी, बोक्सेको भिरमा भएको दुर्घटनामा जिपचालक ओखलढुंगाको खिजदेम्बा गाउँपालिका-६ का लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र सवारी धनी वाङसेन शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

    प्रहरीका अनुसार दुर्घटनामा एक बालक गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा १२ वर्षीय पेम्बा शेर्पा रहेका छन् । बोलेरो खुर्कोट-मन्थली सडकखण्डको हात्तीटार (बोक्से) भिरबाट तामाकोशी नदीमा खसेको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology