Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

फलोअपः इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे निर्णय गर्न मेयरले मागे तीन दिनको समय 

फलोअपः इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे निर्णय गर्न मेयरले मागे तीन दिनको समय 

  • 4.1K
    SHARES
  • फलोअपः इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे निर्णय गर्न मेयरले मागे तीन दिनको समय 

    काठमाडौं । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब थपका विषयमा छलफलका लागि आन्दोलनरत पक्षसँग तीन दिनको समय माग गरेका छन् ।  

    तलब थपका लागि नगरपालिकासमक्ष प्रारम्भिक बालविकास इनरुवा नगर समितिको अध्यक्ष एवम् आन्दोलन समितिको संयोजक सोनु मगरको नेतृत्वमा निरन्तर दबाब दिंदै आएका छन् । 

    संयोजक मगरले बिहीबार बेवटिभी खबरसँगलाई मेयरको भनाई उदृत गर्दै भनिन्, 'मंगलबार मात्र उहाँसँग कुरा भएको छ । उहाँले तीन दिनको समय माग्नु भएको छ ।’ 

    संयोजक मगरले आइतबार बेलुकीसम्म नगरपालिकाको निर्णय पर्खने र माग सम्बोधन नभएर आन्दोलन सुरु गर्ने जानकारी पनि दिइन् । ‘आइतबार पाँच बजेसम्म हाम्रो माग लागु नगरेमा सोमबार धर्ना तथा तालाबन्दीसम्म गर्ने योजना छ,’उनले भनिन् । 

    संघीय सरकारले मासिक आठ हजार तलब दिएको र स्थानीय सरकारबाट सात हजार थप गरी १५ हजार दिनुपर्ने माग गर्दै शिक्षक र विद्यालय कर्मचारीले गत असार २४ गते नगरपालिकालाई मागपत्र बुझाएका थिए । 

    फलोअपः इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब दिन सर्वदलीय निर्णय चाहिने फलोअपः इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब दिन सर्वदलीय निर्णय चाहिने

    स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक [अन्तर्वार्ता] स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक [अन्तर्वार्ता]

     

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology