Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

माओवादी कार्यकर्तालाई ओलीको प्रश्न- तपाईंहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कामदार ?

माओवादी कार्यकर्तालाई ओलीको प्रश्न- तपाईंहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कामदार ?

  • 1.2K
    SHARES
  • माओवादी कार्यकर्तालाई ओलीको प्रश्न- तपाईंहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कामदार ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलको सरकार निकम्मा भएको आरोप लगाएका छन् । एमाले काठमाडौं जिल्ला कमिटीले बिहीबार प्रज्ञाप्रतिष्ठानमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

    images

    ‘अहिलेको सरकार निकम्मा छ । हामीसँग पार्टी छ, सरकार नभएर केही हुँदैन, माधव नेपालहरूको पार्टी नै छैन । सरकार कसरी हुन्छ ?’ ओलीले भने, ‘पार्टी भए यस्तो सरकार फेरि पनि बनाइन्छ ।’

    ०७४ को निर्वाचनमा भन्दा अबको चुनावमा ठूलो सफलता प्राप्त गरिने ओलीले दाबी गरे । ‘प्रचण्ड आफैं माओवादी विघटन गर्दिउँ भन्दैछन् त माओवादीको भविष्य के छ ?,’ उनले भने, ‘माधव नेपाल आफ्नो इगोको लागि जे पनि तयार छन्, तर,उनको पार्टीमा लागेका युवाको त भविष्य छ नि !’

    ओलीले एमालेलाई माहुरीहरूको पार्टी र माधव नेपालको पार्टीलाई झिँगाहरूको झुण्डको संज्ञा दिएका छन् । ‘म अझै पनि साथीहरूलाई भन्छु-तपाईंहरू माधव नेपालको भ्रममा नपर्नुस्,’ ओलीले भने, ‘एमाले माहुरीहरूको पार्टी हो । फूलसम्म पुग्ने हो भने म साथीहरूलाई एमालेमा आउन आग्रह गर्छु ।’

    उनले अहिले नेकपा माओवादी केन्द्रमा रहेका कार्यकर्तालाई एमालेमा आउन आग्रह गरेका छन् । ‘एकीकृत पार्टी यो नै हो । आउनूस् यहाँ । तपाईंहरू एकीकृत पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कामदार हो ? एकीकृत पार्टी यही हो त आउनूस् न यहीं,’ ओलीले भने ।

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology