Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

अमेरिका र अष्ट्रेलियाले पिठ्युँमा छुरा रोपे- फ्रान्स 

अमेरिका र अष्ट्रेलियाले पिठ्युँमा छुरा रोपे- फ्रान्स 

  • 451
    SHARES
  • अमेरिका र अष्ट्रेलियाले पिठ्युँमा छुरा रोपे- फ्रान्स 

    पेरिस । अमेरिका र अष्ट्रेलियाले आणविक पनडुब्बि खरिद गर्ने सम्झौतापछि फ्रान्सले उग्र प्रतिक्रिया दिएको छ । फ्रान्सका विदेश मन्त्री जाँ इभ ले ड्रियाले ‘अमेरिका र अष्ट्रेलियाले पिठ्युँमा छुरा रोपेको’ बताएका छन् ।

    images

    फ्रान्सले ५ वर्ष अगाडि १२ पनडुब्बि अष्ट्रेलियालाई बेच्ने सम्म्झौतामा हस्ताक्षर गरेको थियो । फ्रान्ससँग अष्ट्रेलियाले उक्त पनडुब्बि ५६ बिलियन युरो डलरमा खरिद गर्ने सहमति थियो । तर बेलायत, अमेरिका र अष्ट्रेलियाबीच हालै भएको त्रिदेशीय रणनीतिक सम्झौता पछि फ्रान्ससँगको सम्झौता रद्द गर्याे । अष्ट्रेलियाले सम्झौता अन्त्य गरेपछि फ्रान्सले अष्ट्रेलिया र अमेरिका मिलेर आफूमाथि विश्वासघात गरेकाे बताएकाे हाे । 

    ड्रियाले भनेका छन्, ‘अष्ट्रेलियासँग फ्रान्सको विश्वासिलो सम्बन्ध थियो, अब यो टुट्यो ।’

    अमेरिकाको दबावका कारण अष्ट्रेलियाले सम्झौताबाट बाहिर निस्किएको हुन सक्ने अनुमान गर्दै फ्रान्सले राष्ट्रपति जो बाइडेनको व्यवहार एकतर्फी, क्रुर र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्झाउने खालको भएको पनि बताएको छ । आफ्ना सहयोगीसँग कसैले पनि यस्तो किसिमको व्यवहार नगर्ने भन्दै तीन देशबीचको यो निर्णयले निकै नराम्रो भएको पनि फ्रान्सको भनाई छ । 

    हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई टक्कर दिन त्रिदेशीय सुरक्षा सम्झौतामा बेलायत, अमेरिका र अष्ट्रेलियाले हस्ताक्षर गरेपछि चीनले पनि कडा निन्दा गरेको छ ।

    अमेरिका, बेलायत र अष्ट्रेलियासँग शीत युद्धकाे मानसिकता रहेकाे चीनको आरोप  अमेरिका, बेलायत र अष्ट्रेलियासँग शीत युद्धकाे मानसिकता रहेकाे चीनको आरोप  चीनलाई चुनौती दिन बेलायत, अमेरिका र अष्ट्रेलियाबीच सम्झौता  चीनलाई चुनौती दिन बेलायत, अमेरिका र अष्ट्रेलियाबीच सम्झौता 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology