एजेन्सी । खानालाई स्वादिलो बनाउने टमाटर (गोलभेडा) ले स्वास्थ्यमा पनि धेरै प्रकारका फाइदा पुर्याउँछ । हेर्दा आकर्षक देखिने गोलभेडामा स्वास्थ्यलाई तन्दरुस्त राख्ने अनेक गुण छन् ।
आठदेखि दश महिनाको शिशुलाई ठोेस खाना खुवाउन सुरु गर्दा उनीहरुको खानामा गोलभेडा पनि समावेश गर्नु स्वास्थ्यका दृष्टिकोणले उत्तम मानिन्छ ।
बच्चालाई पहिलोपटक केही खानेकुरा खुवाउँदा त्यो खानेकुराले एलर्जी हुनसक्ने भएकाले त्यसको भने ख्याल गर्नुपर्छ । कुनै खानाले एलर्जी भएमा तत्काल चिकित्सकको लैजानुपर्छ ।
त्यसबाहेक आजभोलि सागसब्जि उत्पादन गर्दा प्रयोग हुने विषादी र फललाई पकाउन प्रयोग हुने केमिकलको बढ्दो प्रयोगले भने स्वास्थ्यमा नकारात्मक प्रभाव पनि पारिरहेको छ ।
त्यसैलै कुनै पनि खानेकुरा किन्दा त्यसमा भएका केमिकलको असर कम गर्ने उपाय भने गर्नुपर्ने हुन्छ । गोलभेडाका फाइदा गोलभेडा भिटामिन ‘ए’ युक्त हुन्छ ।
भिटामिन ए ले बच्चाको आँखालाई तेजिलो बनाउन मद्दत गर्छ । गोलभेडाले एन्टिअक्सिडेन्टको काम गर्छ, जसले गर्दा बच्चा स्वस्थ रहन्छन् । गोलभेडामा भिटामिन उच्च हुन्छ । जसले बच्चाको हड्डीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
यसमा भएको जैविक रसायन तत्वले रोगसँग लड्ने क्षमताको विकास गर्छ । गोलभेडामा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ जसले शरीरको शिशा विषाक्ततासँग लड्न मद्दत गर्छ ।
एक मध्यम आकारको गोलभेडामा ९४ प्रतिशत पानी हुन्छ जसले बच्चालाई कब्जियत वा जन्डिस् हुनबाट बचाउँछ । कसरी खुवाउने टमाटरको झोल बनाएर खुवाउन सकिन्छ ।
बच्चाको उमेरलाई मध्यनजर गरेर गोलभेडालाई सलादको रुपमा पनि खुवाउन सकिन्छ । टमाटरको रोटी बनाएर खुवाउन सकिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij