Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

देउवाले प्रचण्डलाई बेहाल बनाए: ओली

देउवाले प्रचण्डलाई बेहाल बनाए: ओली

  • 522
    SHARES
  • देउवाले प्रचण्डलाई बेहाल बनाए: ओली

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पछि लाग्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को बेहाल भएको बताएका छन् ।

    images

    बिहीबार काठमाडौं जिल्लाका एमाले कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफूले विगतमा अध्यक्ष प्रचण्डलाई आठ-दश वटा मन्त्री दिएको तर अहिले शेरबहादुर देउवाको पछि लाग्दा बेहाल भएको बताएका हुन् ।

    ‘प्रचण्डलाई मैले त कमसेकम आठ-दशवटा मन्त्री त दिएको थिए नि ! अहिले शेरबहादुरका पछि धेरै खान गएका हेर्नुस् त बेहाल !’ उनले खान पाइन्छ कि भनेर एमालेबाटै पनि किन दुई-चार जना कुदेको भन्दै प्रश्न गरे ।

    माधव नेपालसँग दुईचार जना गएपनि नयाँ मानिस धैरै पार्टीमा आइसकेको ओलीले दाबी गरे । 

      

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology