Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सभामुख र अर्थमन्त्रीप्रति ओलीको रोष- रेसमा जस्तो कुद्ने अनि एमालेले अवरोध गर्‍यो भन्ने ?

सभामुख र अर्थमन्त्रीप्रति ओलीको रोष- रेसमा जस्तो कुद्ने अनि एमालेले अवरोध गर्‍यो भन्ने ?

  • 564
    SHARES
  • सभामुख र अर्थमन्त्रीप्रति ओलीको रोष- रेसमा जस्तो कुद्ने अनि एमालेले अवरोध गर्‍यो भन्ने ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीले अहिलेको सरकारसँग बनाउन होइन भत्काउने क्षमता मात्र भएको आरोप लगाएका छन् । आफू नेतृत्वको सरकारले धरहरा बनाएको देख्दा अहिलेको गठबन्धन सरकारलाई डाह लागेको ओलीले बताएका छन् ।

    images

    ‘हामीले धरहरा बनाएको देख्दा यिनीहरूलाई डाह लागेको छ । त्यसैले यिनीहरू घण्टाघर भत्काउन लाग्दैछन्, बनाउन त यिनीहरूले सक्दैनन् भत्काउने मात्रै हुन्,’ ओलीले भने ।

    सभामुख अग्नि सापकोटाले निष्पक्ष रूपमा काम गर्न नसकेको ओलीको भनाइ छ । ‘अर्थमन्त्री रिले रेसमाजस्तो दौडेर रोस्टममा पुग्ने, सभामुखले लु पढ्नूस् भन्ने अर्थमन्त्रीले लु पढेँ भन्ने सबै काम गर्ने अनि बजेट ल्याउनचाहिँ एमालेले अवरोध गरेर ल्याउन सकिएन भन्ने ? यस्तो झुट बोल्ने ?’ ओलीले प्रश्न गरे, ‘अहिलेको गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रममा पाँच लाख गरिबलाई १०-१० हजार बाँड्ने भनिएको रहेछ । को हो गरिब ? कसलाई बाँड्न लागेको हो त्यो पैसा ? पैसा बाँड्दा गरिबी हट्छ ? रोजगारीको अवसर खोइ ?’

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology