Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

४४ लाख खोप लिन जहाज आज चीन जाने

४४ लाख खोप लिन जहाज आज चीन जाने

  • 572
    SHARES
  • ४४ लाख खोप लिन जहाज आज चीन जाने

    काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप शुक्रबार ल्याउने भएको छ । खोप ल्याउन बिहीबार राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले खरिद गरिएको खोप शुक्रबार चीनबाट ल्याइने जानकारी दिए । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

    निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि बिहीबार राति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने बताए । उनका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ । 

    नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology