Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अर्थमन्त्रीलाई मिर्गौला पीडित सरोकार समाजको धन्यवाद

अर्थमन्त्रीलाई मिर्गौला पीडित सरोकार समाजको धन्यवाद

  • 545
    SHARES
  • अर्थमन्त्रीलाई मिर्गौला पीडित सरोकार समाजको धन्यवाद

    काठमाडौं । मिर्गौलापीडित सरोकार समाजले बजेटमा मिर्गौलापीडित लगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले आज धन्यवाद दिएको हो ।

    images

    अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गरेका हुन् । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौलापीडित हुन् । उनको नियमति डायलासिस भइरहेको छ । ‘अघिल्ला सरकारबाट कटौती गरिएको भत्ता अर्थमन्त्री शर्माले पुनः दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्ज्युरी भई पारालाइसिस रोगका बिरामीलाई मासिक भत्ता पाँच हजार दिने बजेटमा व्यवस्था गर्नुभएकामा सम्पूर्ण दीर्घरोगीका तर्फबाट एकमुष्ट बधाई, धन्यवाद तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छौँ’, धन्यवाद पत्रमा भनिएको छ ।

    धन्यवाद पत्र ग्रहण गर्दै मन्त्री शर्माले सरकार मिर्गौलापीडित लगायतको साथमा रहेको बताए । सरकारले डायलासिस गरिरहेका मिर्गौलापीडितलाई मासिक पाँच हजार उपचार खर्च दिने व्यवस्था गरेको स्पष्ट पार्दै उनले राज्य नागरिकको अभिभावकत्व ग्रहण गर्नबाट नचुक्ने आश्वासन दिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology