Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

आमा-छोरासँगै कक्षा १२ को परीक्षामा

आमा-छोरासँगै कक्षा १२ को परीक्षामा

  • 258
    SHARES
  • आमा-छोरासँगै कक्षा १२ को परीक्षामा

    दैलेख । बुधबारदेखि  देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो ।

    जिल्लाको नारायण नगरपालिका-११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिएका विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले आज राससलाई जानकारी दिए ।

    टीकाकुमारीले भनिन्, ‘बुधबारदेखि परीक्षा सुरु भएपछि पढाइको चटारो भएको छ, जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ पास हुने धोको छ । पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै यस माविमा आफूले छोरासँगै परीक्षा दिन लागेकी हुँ ।’

    नयाँ पुस्तासँगै पुरानो पुस्ताले परीक्षा दिँदा पढाइको महत्वबारे चर्चा भएकोे छ ।

  • सम्बन्धित विषय:

  • # परीक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology