Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

बढी खाए एलोभेरा जुसले गर्छ बेफाइदा

बढी खाए एलोभेरा जुसले गर्छ बेफाइदा

  • 1.0K
    SHARES
  • बढी खाए एलोभेरा जुसले गर्छ बेफाइदा

    छालाको सुन्दरताको लागि होस् वा स्वस्थ रहनको लागि हामीले एलोभेरा जुसको फाइदाका बारेमा सुनेका छौं । तर चिनी पनि धेरै खाए तितो हुन्छ भन्ने भनाइजस्तै फाइदा हुन्छ भनेर एलोभेरा जुस बढी खाँदा बेफाइदा गर्छ ।

    images

    चिकित्सकको सल्लाहबिना एलोभेराको जुस पिउँदा व्यक्तिको छालामा एलर्जीदेखि मुटुरोगको जोखिम पनि हुनसक्छ । एलोभेराको जुस अत्यधिक पिउनाले रक्तचापको स्तर पनि कम हुनसक्छ । यसकासाथै मधुमेहको समस्या भएका व्यक्तिले एलोभेराको जुस पिउनुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ । 

    ग्यास्ट्रिकको समस्या
    ग्यास्ट्रिकको समस्या भएको खण्डमा एलोभेरा जुस पिउनु हुँदैन । यसले पेटको समस्या झन् बढाउँछ । १२ वर्षभन्दा कम उमेरका बालबालिकाले एलोभेराको जुस पिउनु उचित हुँदैन । 

    रक्तचाप घट्छ 
    एलोभेरा जुसको लगातार सेवन गर्दा रक्तचाप कम हुनसक्छ । त्यसैले रक्तचाप  कम भएका व्यक्तिले एलोभेराको जुस पिउनु हुँदैन । एलोभेराको जुस पिउनु पर्ने भएमा चिकित्सकसँग सल्लाह लिनु पर्छ ।  

    मुटुरोगको समस्या
    जुन व्यक्तिहरुलाई मुटुरोग सम्बन्धित समस्या छ, उनीहरुले एलोभेरा जुसको सेवन गर्नु हुँदैन । एलोभेरा जुसको लगातार सेवनले शरीरमा पोटाशियमको मात्रामा कमी हुन्छ । जसकारण मुटुको धड्कनको गतिमा अनियमितता हुनुकोसाथै कमजोरी महशुस हुन्छ । 

    छालामा एलर्जी
    एलोभेराको जुसलाई असावधानी तरिकाले पिउँदा व्यक्तिलाई एलर्जी हुनसक्छ । जसले व्यक्तिको छालामा रातो बिमिरा देखिने, छाला चिलाउने तथा सुन्निने, श्वासप्रश्वासमा समस्या, शरीर दुख्ने र घाँटीमा जलन हुने जस्ता लक्षण देखिन्छन् । 

    डिहाइड्रेसन
    धेरै व्यक्तिहरुले स्वस्थ रहन र तौल नियन्त्रणको लागि एलोभेरा जेल पिउने गर्छन् । तर बजारमा उपलब्ध हुने एलोभेरा जुसले डिहाइड्रेसनको समस्या निम्त्याउँछ । 

    झाडापखाला
    कब्जियत तथा डायरियाको समस्या भएका व्यक्तिले एलोभेराको जुस पिउनु हुँदैन । एलोभेरामा पाइने तत्वले पाचन प्रक्रियामा गडबढ गर्न सक्छ र झालापखालाको समस्या निम्तिन सक्छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology