काठमाडौं– युरोपा कन्फ्रेन्स लिग फुटबलमा टोटेनहम बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा टोटेनहम रेनससँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
रेनसको मैदानमा ११ औं मिनेटमा लोसिक बाडेको आत्मघाती गोलबाट टोटेनहमले सुरुवाती अग्रता बनाएको थियो । खेलको २३ औं मिनेटमा फ्लाभिन टेइटले गोल गर्दै रेनसलाई १–१ गोलको बराबरीमा फर्काए ।
खेलको ७२ औं मिनेटमा गेटन लाबोर्डेले गोल गर्दै रेनसलाई २–१ को अग्रता दिलाए । तर, ७६ औं मिनेटमा पीएरे इमिलले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याउदै टोटेनहमलाई हारबाट जोगाए ।
यस बराबरीसँगै समूह जी को टोटेनहमले पहिलो खेलमा १ अंक जोडेको छ । रेनसको पनि १ अंक रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij