Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चाँदे हिमालमा हावाहुरीले उडाउँदा तीर्थयात्रीको मृत्यु

चाँदे हिमालमा हावाहुरीले उडाउँदा तीर्थयात्रीको मृत्यु

  • 721
    SHARES
  • चाँदे हिमालमा हावाहुरीले उडाउँदा तीर्थयात्रीको मृत्यु

    जाजरकोट । जुनिचाँदे गाउँपालिका-१ बाट चाँदे हिमालको नदैडावमा तीर्थयात्रामा गएका एकजनाको मृत्यु भएको छ ।

    हावाहुरीले हुत्याउँदा जुनिचाँदे-१ काब्राका औवान रावतको मृत्यु भएको हो । अर्का तीर्थयात्री लोकलोकबहादुर रावत गम्भीर बिरामी भएको गाउँपालिकाकाका शिवा आचार्यले जानकारी दिए ।

    ३० भदौमा २५ जना गाउँले तीर्थका लागि चाँदे हिमालको नदैडावमा गएका थिए । अहिले रावतको शव र विरामीलाई तीर्थमा गएका स्थानीयले बोकेर धननाँसी ल्याइएको छ । बिरामीको अवस्था गम्भीर भएको खबर आएको आचार्यले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले प्रहरी टोली पठाउने तयारी भएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij