Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भारतमा साढे २ करोडलाई खोप लगाएकै दिन ३५ हजारभन्दा बढीमा संक्रमण पुष्टि

भारतमा साढे २ करोडलाई खोप लगाएकै दिन ३५ हजारभन्दा बढीमा संक्रमण पुष्टि

  • 470
    SHARES
  • भारतमा साढे २ करोडलाई खोप लगाएकै दिन ३५ हजारभन्दा बढीमा संक्रमण पुष्टि

    नयाँ दिल्ली । एकैदिन साढे २ करोडलाई कोरोनाविरुद्धको खोप लगाएर विश्व किर्तिमान कायम गरेको भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार ६६२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । 

    थपिएका संक्रमितमध्ये केरला राज्यका मात्र २३ हजार २६० जना भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालायले जनाएको छ । भारतको केरला राज्यमा कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन् । पुरै भारतमा थपिने दैनिक संक्रमितमध्ये ७० प्रतिशत केरलाकै हुने गरेका छन् । 

    संक्रमण राेकथाका लागि भारतले खाेप आक्रामक खाेप अभियानलाई तीब्रता दिएकाे छ । साढे २ कराेड जनालाई एकैदिन खाेप लगाइएकाे विश्वमै पहिलाे भएकाे भारतीय संचारमाध्यमले दावी गरेका छन् । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे जन्मदिनकाे अवसर पारेर खाेप अभियान चलाइएकाे थियाे । 

    त्यसैगरी यो अवधिमा ३३ हजार ७९८ जना संक्रमित निको भएका छन् । २८१ जनाको संक्रमणकै कारण निधन भएको छ । 

    भारतमा अहिलेसम्म ५५ करोड ७ लाख ८० हजार २७३ जनाको नमुना परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये हालसम्म ३ करोड ३३ लाख ४७ हजार ३२५ जनामा संक्रमण पुष्टि भएको छ ।

    भारतमा एकैदिन २ करोड ५० लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप भारतमा एकैदिन २ करोड ५० लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij