Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

आँधीका कारण जापानका ४९ उडान रद्ध

आँधीका कारण जापानका ४९ उडान रद्ध

  • 488
    SHARES
  • आँधीका कारण जापानका ४९ उडान रद्ध

    टोकियो । आँधीका कारण जापानमा ४९ उडान रद्ध भएका छन् । चान्थुमा आएको आँधीले पाँच जना घाइते भएको जनाइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् । 

    जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान रद्ध भएको स्थानीय सञ्चार माध्यमहरूले शनिबार समाचार सम्प्रेषण गरेका छन् । आँधीले नागासाकी, फुकुओका, सागा लगायतका क्षेत्रमा असर पारेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

    आँधी प्रति सेकेण्ड ३० मीटरको गतिमा आएको थियो ।  जापानमा आँधी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण बर्षेनी धनजनको  ठूलो क्षति हुने गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij