Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

लिभरपुलको सहज जित, मानेले गरे एकसयौं गोल

लिभरपुलको सहज जित, मानेले गरे एकसयौं गोल

  • आश्विन ३, २०७८ आइतवार ०९:१२ बजे
  • 504
    SHARES
  • लिभरपुलको सहज जित, मानेले गरे एकसयौं गोल

    काठमाडौं– साडियो मानेले लिभरपुलको लागि १००औँ गोल गरेको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसमाथि सहज जित निकालेको छ । 

    शनिबार साँझ घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ३–० गोल अन्तरको पराजित गरेको हो । 

    अपराजित लिभरपुलको जितमा साडियो माने, मोहम्मद सलाह र नेबी केइटले १–१ गोल गरे ।  पहिलो हाफको अन्तिम दुई मिनेट बाँकी रहँदा लिभरपुलले १–० को अग्रता बनायो । गोलरक्षकको रिबाण्ड बललाई मानेले जाली चुमाएका थिए । मानेको यो लिभरपुलका लागि १००औँ गोल हो । 

    खेलको ७८ मिनेटमा मोहम्मद सलाहले दोस्रो गोल गरे । उनले भान डाइकको पास सदुपयोग गरेका थिए । खेल सकिन एक मिनेट बाकी रहँदा केइटले गोल गर्दै ३–०को जित दिलाए । 

    जितसँगै लिभरपुल ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । समान १० अंकसहित ४ खेल खेलेका म्यानचेष्टर युनाईटेड, चेल्सी र एभर्टन लिभरपुल भन्दा तल रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # लिभरपुल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij