Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

खनाल-नेपालले आयोजना गर्ने राष्ट्रिय भेलालाई बेमौसमी गाइजात्राको संज्ञा

खनाल-नेपालले आयोजना गर्ने राष्ट्रिय भेलालाई बेमौसमी गाइजात्राको संज्ञा

  • चैत्र ३, २०७७ मंगलवार १२:०६ बजे
  • 727
    SHARES
  • खनाल-नेपालले आयोजना गर्ने राष्ट्रिय भेलालाई बेमौसमी गाइजात्राको संज्ञा

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई अध्यक्ष केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्य सूर्य थापाले बेमौसमी गाइजात्राको संज्ञा दिएका छन् ।

    images

    थापाले उक्त भेलालाई एमालेमा गुट उत्पन्न गराउन र पार्टी एकतालाई कमजोर बनाउने साथै आफ्नो निहित स्वार्थका लागि नेकपा एमाले विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र पनि भनेका छन् ।

    खनाल-नेपाल पक्षले सानेपास्थित हेरिटेज गार्डेनमा चैत चार र पाँचमा भेला गराउन लागेकोप्रति थापाले यस्तो टिप्पणी गरेका हुन् ।

    ‘नेकपा एमालेको नाममा सानेपास्थित महंगो हेरिटेज गार्डेनमा आयोजना गर्ने भनिएको कथित गुटगत भेला खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको मेला, राम र रमिता हो,’ थापाले सोमबार फेसबुकमा लेखेका छन्, ‘यसलाई चैत महिनामा प्रदर्शित बेमौसमी गाइजात्रा पनि भन्न सकिन्छ ।’

    भेलालाई थापाले खनाल-नेपालले एमालेकै सरकार भए पनि पाँच वर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूको नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको मञ्चनसमेत भनेका छन् ।

    ‘यो केवल यसका नेतृत्वकर्ताहरूको कुण्ठा र द्वेय प्रदर्शन मात्रै हो । यो विधि र पद्धतिको दुहाइ दिँदै गत वैशाख महिनायता जारी नांगो गुटबन्दीको पराकाष्ठा हो, जो प्रचण्डको आड र साठगाँठमा चल्दैआएको विभाजन नै हो भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुनः प्रचण्ड पथमा सामेल हुन जाने तयारी हो । त्यसकै लागि प्रचण्डले आफ्नो समुहको केन्द्रीय कमिटी बैठक स्थगन गरी पर्खिरहेको यथार्थ जगजाहेर नै छ ।’

    थापाले उक्त भेलालाई हिजो नेकपामा सहमतिको आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतको नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेको चारपटक निस्कासनको अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुको विकल्प नै नरहेको असहजता र छटपटीको अनुभूति भएको पनि बताएका छन् ।

    ‘नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन, स्थिरता, विकास र समृद्धिविरूद्दको घात हो । पार्टी केन्द्रीय कमिटीको फागुन २८ गतेको निर्णयको अवज्ञा,अनुशासनहीनता र अराजकता हो । कार्की बैक्वेट पार्टीको भए पनि स्वघोषित अध्यक्ष भइछाड्ने पदलोलुपता एवम् अभिनय हो,’ थापाले लेखेका छन्, ‘पार्टी पद्धति, मूल्य, मान्यता र विधानको बर्खीलाप कार्य हो । फागुन २३ गते यता अर्याल होटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछोपको निम्छरो र निरूपाय कोसिस हो । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला रोक्न दिनुभएको निर्देशनको ठाडो अवज्ञा हो ।’

    चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्द जारी गरेको १९ पृष्ठ लामो पुरानो आरोपपत्रको नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुन: खुइलाउने, बदनाम गर्ने एवम् कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा सञ्चालन हुन नदिई अनुचित सम्झौताको बन्धक बनाउने कुत्सित प्रयास समेत भएको उनले लेखेका छन् ।

    ‘सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिंजाउने र सिंगो कम्युनिस्ट आन्दोलनको भविष्यमा कालो बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास मात्र हो । पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसोपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हो,’ उनले सो भेलामा सहभागी हुन आग्रह गर्दै लेखेका छन्, ‘यो आाम जनता र कार्यकर्ताको आकांक्षा र अभिमतविपरितको क्रियाकलाप हो । यस्तो कार्यमा कोही कसैले आफुलाई सामेल नगरौं ।’

    उनले एमालेको विभाजनकारी, विखण्डनकारी र एकताविरोधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा (एमाले) र सूर्य चिन्हको पक्षमा स्पष्ट र एकजुट भएर अघि बढ्नसमेत आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology